शास्त्रीय सम्बन्ध प्रत्यावर्द्धन सिकाई सिद्धान्त (Classical Conditioning Learning Theory)

 शास्त्रीय सम्बन्ध प्रत्यावर्द्धन सिकाई सिद्धान्त

v शास्त्रीय सम्बन्ध सिकाई सिद्धान्त का प्रतिपादक रुसी वैज्ञानिक Ivan Patrovich Pavlov हुन
v यो सिद्धान्त एउटा कुकुर माथि गरिएको अध्ययनमा आधारित छ ।
v यस सिद्धान्त लाई उत्तेजना प्रतिक्रिया (Stimulus Response) सिद्धान्त पनि भनिन्छ
v यस सिद्धान्त मा उत्तेजना र प्रतिक्रिया बीच सम्बन्ध स्थापित हुने हुनाले यसलाई सम्बन्ध प्रत्यावर्दनको सिद्धान्त भनिएको हो ।
v यस सिकाई सिद्धान्त मा पुर्नबलको (Reinforcement) सम्बन्ध उद्धीपक संग हुन्छ ।
v यस सिकाई सिद्धान्त मा अस्भाविक उत्तेजनाबाट पनि स्वाभाविक प्रतिक्रिया उत्पन्न हुने र यसको निरन्तरताले बानीको विकास हुने गर्दछ
 
v यस सिकाई सिद्धान्तमा एउटा कुकुर माथि अध्ययन गर्दा घन्टीको आवाज संगै खाना दिने कार्य हुन्छ र पछि घन्टी बज्ने बितिक्कई कुकुरले र्याल निकाल्छ र यसको निरन्तरता ले बानीको विकास हुन्छ । अब घन्टी संगै खाना दिने प्रक्रियामा बन्द गर्दा र्याल निकाल्ने मात्रामा नि कमि आँउदै जान्छ र अन्तयमा र्याल निकाल्न छोड्छ । र्याल ननिकाल्ने अवस्थालाई विलोपनको अवस्था भनिन्छ । पुन: घन्टी बजेपछि खाना दिइयो भने र्याल निकाल्न थाल्छ, जसलाई अस्वभाविक प्रतिक्रियाको पुन:प्राप्ति भनिन्छ । 
v यस सिद्धान्तमा स्वभाविक उत्तेजना संग अर्को अस्वभाविक उत्तेजना प्रस्तुत गरेर त्यससँग प्रतिक्रियाको सम्बन्ध स्थापना गरी पहिलेको जस्तै प्रतिक्रिया देखाउन सक्ने बनाईन्छ  
 

  शास्त्रीय सम्बन्ध सिद्धान्तको सिकाईका चरणहरु

    v पहिलो चरण :- स्वाभाविक उत्तेजना (USC) खाना स्वाभाविक प्रतिक्रिया (UCR) र्याल निकाल्नु

v दोस्रो चरण :- अस्वाभाविक उत्तेजना (CS) – कान ठाडो पार्नु वा यताउता हेर्नु (UCR) घन्टी बजाउनु (CS) – र्याल ननिकाल्नु (CR)
v तेस्रो चरण :- घन्टी खाना (USC + CS) – र्याल निकाल्नु (UCR)
v घन्टी सहितको खानाको पुनरावृत्ति सम्बन्ध प्रत्यावर्द्धन पछि
v अस्वाभाविक उत्तेजना (CS) – अस्वाभाविक प्रतिक्रिया (CR)

            घन्टी बजाउनु (CS) – र्याल निकाल्नु (CR) हुन्छ ।

 

शास्त्रीय सम्बन्ध सिद्धान्तका केही विशेषताहरु

v मिल्दो जुल्दो उद्धीपकहरु लाई चिन्नु वा थाहा पाउनु वा उद्धीपक सामान्यीकरण
v उद्धीपक विभेदीकरण : मिल्दो जुल्दो उद्धीपकहरुको बीचमा फरक छुट्याएर प्रतिक्रिया गर्न सक्नु ।
v शून्य वा विलोपनको अवस्था : उद्धीपकको विभेदीकरण पश्चात प्रतिक्रिया नदेखाउनु
v आकस्मिक प्राप्ति : समयको अन्तरालपछि उत्तेजनाको पहिचान गरी सही प्रतिक्रिया देखाउने कार्य

 

शास्त्रीय सम्बन्ध सिद्धान्तको शैक्षिक उपयोगिता (Educational Implications of Classical Conditioning Theory)

q प्राणीहरुलाई सिकाउन वा तालिम दिन ।
q विद्यार्थीहरुमा राम्रा बानीको विकास गर्न नराम्रा बानीहरु हटाउन ।
q संवेगात्मक प्रतिक्रियाहरुको शिक्षण गर्न
q उद्धीपक र प्रतिक्रियाहरु बीचको सम्बन्ध स्थापना गर्न
q व्यावहार विकास र परिमार्जन गर्न
q अपेक्षित बानी तथा व्यवहार विकस गर्न
q उद्धीपकलाई विभेदीकरण र सामान्यीकरण गर्न

Post a Comment

Previous Post Next Post