यो मन लैजाऊ यो तन लैजाऊ !

यो मन लैजाऊ यो तन लैजाऊ !
तर बिन्ती यो साँस न लैजाऊ !!
मत साँस रहुन्जेल आश राख्ने मान्छे,
बिन्ती म भित्र को आश न लैजाऊ !!

अभाव को भुमरी बाट निस्कन गार्हो भा छ,
यो भाग्यनै बैगुनी के सार्हो भा छ,
त्यो भुमरी मा बाश छ मेरो लैजाऊ !
सक्दैनौ भने बिन्ती यो आश न लैजाऊ !!

म उनको पिडा लाई आफ्नो भनि बाँचे,
त्यो कल्पनाको बसन्त ऋतु मा नाँचे,
म त् विछोडमा पनि मिलन खोज्ने मान्छे !
बिन्ती त्यो प्रेमको मधुमास न लैजाऊ !!

संघर्षपूर्ण मेरो सफरमा बाधाहरु छन् कति,
त्यो ईश्वरको किताब मा दुखका पाठ कति,
म त् त्यस्ता पीडाको प्रतिनिधित्व गर्ने मान्छे !
बिन्ती त्यो सुन्दर भविष्य को आश न लैजाऊ !! 

यो मन लैजाऊ यो तन लैजाऊ !
तर बिन्ती यो साँस न लैजाऊ !!

Post a Comment

Previous Post Next Post