अधुरो सपना (Pending Dream)

उनको साथ छोड्न परिस्थिती को कर थियो !
यादहरु को सहारामा जीन्दगी को भर थियो !!


आज नि तीं यादहरु ले साथ छोड्न सकेननी,
उनको भविष्य अंधकार हुन्छ भन्ने मेरो डर थियो !!



एकान्त मा कहिले काँही मन रुदा सम्झन्छु म,
उनको र मेरो कल्पनामा निश्छल प्रेमको सहर थियो !!


सम्झाउन चाहन्न उनलाई हाम्रो त्यो अधुरो सपना,
जुन सपनाको सागरमा हाम्रो हरेक प्रहर थियो !!


स्वार्थी यो दुनियाको निम्ति उनको मेरो बलिदान भो,
त्याग पनि मायाको अर्को रुप" भन्ने हाम्रो ठहर थियो !!


Thanks
Sk54

No comments:

Post a Comment