======आशिष छ तिमीलाई छोरा======
आशिष छ तिमीलाई छोरा मुस्कुराउनु यसैगरी !
भए म मिलौं टाढा रमाउनु तिमी यसैगरी !!
तिम्रो मुहारको खुशी पाउन हर पिडा सहन तयार म,
आफ्नो निश्छल संसार मा गुनगुनाउनु यसैगरी !!
कोमल त्यो तिम्रो मनमा यादको छाया न परोस,
हरेक किमती पलहरु मा जगमगाउनु यसैगरी !!
अभाव तिम्रो झकझक्याऊछ मलाई हरेक क्षण,
मेरो कमजोरी होइन ताकत बन्नु तिमी यसैगरी !!
संघर्षरुपी यो जीवनमा मेरो उत्साह तिमीसंग,
हजारौं वर्ष सम्म पनि ज्योति छर्नु यसैगरी !!
Thanks,
Tags
मुक्तक/गजलहरु