आँखा भीत्र तिम्रो मुहार तरेलीमा खेलिरह्यो,

 आँखा भीत्र तिम्रो मुहार तरेलीमा खेलिरह्यो,
पल-पल तिम्रो पर्खाईमा मन मेरो जलिरह्यो !!

एक्लो भंये गोरेटोमा सम्झना तिम्रोसाथ बन्यो,
जहाँ गएपनि मलाई तिम्रो मायाले झस्काई रह्यो !!

सपना र चाहनाहरु मन भित्र नै गुम्स्यएका थे,
तिमीसंग मन मुटु साट्न मन ले मलाई तर्शाई रह्यो !!

एकान्त मा रोइरहें तिमिपर-पर सर्दा,
मात्र तिमी सम्झना मा जीवन मेरो हराई रह्यो !!

भन्न लाई त धेरै थियो सुन्ने मलाई कोहि भएँन,
बाटो मा हित्डा व्यबहार मेरो बौलाहा झैँ गरिरह्यो !! 

Thanks
Sk54

Post a Comment

Previous Post Next Post