आँखा भरि आँसु

आँखा भरि आँसु हुँदा मुटुभित्र पीडा किन ?
सम्झना यो हुँदाहुँदै छिन - छिनमा यो तिर्सना किन ?

वेदना को संसार भित्र आफुलाई नै हराउदा
प्यास मेट्ने पानिसरी त्यो एक बोतल रक्सी किन ?

घुलमिल हुन्छु सबैतिर उज्याला यी दिनहरुमा
सम्झना ल्याउने हुलाक जस्तै यो रात किन ?

जीवनको छैन कुनै लक्ष्य फेरी पनि जिउनुपर्छ
च्यात्तिएको जीवन जस्तै फेरी एसलाई सिउनु किन ?

जिन्दगी हो मिक्षण दुख - सुख को भन्ने गर्छन
कसैलाई यो संसार मा दुखाई-दुख दिनु किन ?

Thanks

Post a Comment

Previous Post Next Post