जीन्दगी ले हरेक मोड मा

जीन्दगी ले हरेक मोड मा समस्याहरु खोजी ल्यायो !
विपनीमा पल्टी हेर्दा सबैलाई टाढा पायो !
बाध्यता र विवश्थाको पहाड सधै अघी लाग्दा
असफल नै भए पनी संघर्स मा आफुलाई पायो !
माया भन्ने साइनो दुनिया मै ठुलो भन्छन
समय को भेल संगै माया हराएको पायो !
कुन रंग छ जिन्दगीमा जसलाई सम्झी रमाउनु
हरेक येस्तई मोडहरु मा जीवन बेरंग नै पायो !
प्यास पिडा चोटहरु गिन्ती गर्न बिर्सी हिड्दा
आज आफ्नो काखमा जीवन मरेको नै पायो !
फेरी पनी दुखाइ छैन सांसारिक तत्वले घोज्दा   
बिवस्था ले मुटुलाई आशामा र सम्झनामै पायो !


Post a Comment

Previous Post Next Post