म जलेर खरानी हुन्छू अनि बल्ल थाहा पाउछौ !



म जलेर खरानी हुन्छू अनि बल्ल थाहा पाउछौ !

भिजेको तिम्रो सिरानी हुन्छु अनि बल्ल थाहा पाउछौ !!



तोडेर यो संसारिक माया टाढा भई तिमीसंग,

तारा झैँ एक्लो परानी हुन्छु अनि बल्ल थाहा पाउछौ !!



मेरो मन को माया बुझ्न गाह्रो नै हुन्छ सबलाई,

अमर प्रेम को पुजारी बन्छु अनि बल्ल थाहा पाउछौ !!



यो हालात मात्र हो समय र परिस्थिती को

म एकदिन आत्मगलानी हुन्छु अनि बल्ल थाहा पाउछौ !!



भाग्य ले अनौठो झापड मात्र हान्या छ अहिले त,

जब हुन्छ मेरो लिलामी अनि बल्ल थाहा पाउछौ !!
Thanks
Sk54 

No comments:

Post a Comment