सपनाहरु टुटे पछी साँचेको के सार भयो !
जिन्दगी यो बेसहारा आफैमा हार भयो !!
बसन्त ऋतुको आगमन संगै पहिलो पल्ट तिमीलाई देख्दा,
मनमा प्रिती पलाएर आयो त्यही जलेर छार भयो !!
यो भाग्यमा छैन होला तिम्रोमिठो साथ शायद,
भौतारिदै जुनी काट्ने एहिमेरो संसार भयो !!
सधैभरी यो मन मा तिम्रो सम्झना नआयोस भन्छु,
तर पनि तिम्रो माया अल्झीरहने झार भयो !!
तिमी खुशी रहनु सधै पीर मा बरु मै बाँचुला,
रेट्दा - रेड्दै छुट्टिजाने सारंगी को तार भयो !!
Thanks
Sk54
No comments:
Post a Comment