जल्नेहरु खुशी हुँदै हाथ आफ्ना पितिरा छन्

 जल्नेहरु खुशी हुँदै हाथ आफ्ना पितिरा छन् !
मेरो मन को टुक्रा परि दुनियाले लुतिरा छन् !!

विश्वाश को दियालो आँगनी मा बालेको ले,
पराईको त् केहि छैन आफ्नो पनि फुटीरा छन् !!

जिन्दगी को बाटो संगै जहिले पनि हिंड्न खोज्दा,
किन पल-पल अघि बढ्दा-बढ्दै मेरा हाथ छुटिरा छन् !!

सपनाहरु जति पनि संगाल्न खोजे मैले,
एकएक गरि काँच सरि पल-पल मा टुटीरा छन् !!

तिमी आउँदा मन भरिका फुलका थुंगा फुलेका थे,
अब तिमी टाढा हुँदा सबै सपना छुटीरा छन् !!

Post a Comment

Previous Post Next Post