बाँच्नु छ तिमीसंग भौतारीदै मर्नु छैन
बस्नु छ हामीलेसंगै अब पछी सर्नु छैन !!
गरिसकेउ बाचाकसम अब केको झर्को छर
एक अर्का देखी टाढा भई फूलसरी झर्नु छैन !!
समाजले हरेक प्रश्न गरे भन्नलाई निर्धक्क छौ
टाढा भए पनि हामी अब चिन्ता गर्नु छैन !!
तिम्रामेरा दुख-सुख एकापस मा पर्यावाची छन्
एस्तो हाम्रो मायामा अब विप्रिथार्थ थप्नु छैन !!
टाढा अब नजाऊहै प्रिय अभिश्राप हुन्छ
जुनीभरी तड्पी-तड्पी नाई अब मर्नु छैन !!
Thanks
Sk54
Tags
मुक्तक/गजलहरु