समयले पछि पारेको जीवन !




समयले पछि पारेको जीवन !

आफु संग आफै हरेको जीवन !!
 


अरुलाई गुन लाउन खोज्दा,

आफैमा भित्र मरेको जीवन !!
 


साथ को आश कसलाई छ र,

आफ्नै ले पर सारेको जीवन !!
 


तिमीलाई सहारा माग्दिनम ढुक्क रहनु,

भाग्य ले हरेक मोड मा झारेको जीवन !!
 


बाचुन्जेल चित्त बुझाउने हो लेखेर,

सम्झना को समुन्द्र मा फालेको जीवन !!
Thanks
Sk54 



 


No comments:

Post a Comment