रक्सी पिउन कसैको अभाव हुनुपर्छ !
चारै तिर निर्द्य भाग्य को दबाब हुनुपर्छ !!
नशा मा रमाउन तब हुन्छ मजा,
साथमा साथी र सटाटर कबाब हुनु पर्छ !!
पिएर एकै ठाउंमा झोक्र्याउनु किन ?
हिदाइमा र बोलाइमा रबाब हुनु पर्छ !!
सुधार्न खोज्ने ए भलादमी सुन,
सुधार्न सुझाव होइन प्रेमको बहाब हुनु पर्छ !!
भित्र भित्रै पोल्ने मन शितल पार्न अब,
कित निर्दई भाग्य वा यादहरु को अभाव हुनु पर्छ !!
लेख्न छोड्छु एस्ता गन्थन मन्थन,
कित मसी वा तिम्रो पर्खाई को अभाव हुनु पर्छ !!
Thanks
Sk54
Tags
मुक्तक/गजलहरु